यी २६ कम्पनीलाई ७ दिने स्पष्टीकरण, पेश नगरे कालोसूचीमा (सूचनासहित)
काठमाडौं । सरकारले २६ वटा निर्माण कम्पनीलाई ७ दिने स्पष्टीकरण सोधेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्नुअघि ती निर्माण कम्पनीलाई सोमबार ७ दिने स्पष्टीकरण सोधेको छ ।
विभिन्न सार्वजनिक निकायले कालोसूचीमा राख्नका लागि २६ वटा निर्माण कम्पनीलाई सिफारिस गरेपछि कार्यालयले सुरुमा ३० दिनभित्र स्पष्टीकरण पेश गर्न सूचना पठाएको थियो ।
तर, सो समयमा स्पष्टीकरण प्राप्त नभएकाले पुनः अन्तिम मौका दिइएको कार्यालयको भनाइ छ । ७ दिनको अवधिमा पनि स्पष्टीकरण पेश नगरेमा कालोसूचीमा राखिनेछ ।