शारिरीक सम्बन्ध नराखेको भन्दै श्रीमानविरुद्ध उजुरी
काठमाडौं- भारतको विहार राज्यको मुजफ्फरपुरमा एक महिलाले श्रीमानले शारिरीक सम्बन्ध नराखेको भन्दै प्रहरीमा उजरी दिएकी छन् ।
लालगञ्ज थाना क्षेत्र बस्ने वैशालीले अहियापुर थाना इलाकाका श्रीमानविरुद्ध उजुरी दर्ता गरेकी हुन् । प्रहरीले उजुरी दर्ता गरेको छ ।
पीडितले विवाह भएदेखि श्रीमानले शारीरिक सम्बन्ध नराखेका बताएकी छिन् । माइत जान्छु भन्दा श्रीमानले ‘घरबाट निस्क्यौ भने तिमी र तिम्रो परिवारलाई मारिदिन्छु’ भनेर भन्ने गरेकाे उनले उजुरीमा उल्लेख गरेकी छिन् । उनी हजुरबुवा बिरामी भएको बहाना बनाएर घरबाट भागेर माइती आएर बसेकी छिन् ।