

भृकुटीमण्डपमा सुरु भयो हर्टिकल्चर एक्स्पो

काठमाडौँ – शुक्रबारदेखि भृकुटीमण्डपमा नेशनल हर्टिकल्चर एक्स्पो २०८० सुरु भएको छ।
‘नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरणसहित आय र रोजगार’ भन्ने नारासहित शुक्रबारदेखि एक्स्पो सुरु भएको हो ।
नर्सरी व्यवसायी सङ्घ, नेपालले आयोजना गरेको एक्स्पोमा ७४ वटा व्यवसायिक स्टल, २ वटा फुड स्टल, ७ वटा अफिसियल , ५ वटा प्रतिस्पर्धी स्टलसहित जम्मा ८८ वटा स्टल छन्।
एक्स्पोमा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडीबुटी नर्सरीको ७०० भन्दा बढी प्रजातिका बोट बिरुवाहरू प्रदर्शनी तथा बिक्री वितरणमा राखिनुका साथै मलखाद, अर्गानिक एवम् रासायनिक विषादी, बिउ बिजन, औजार उपकरण राखिएको छ ।

