संवैधानिक परिषद्को बैठक स्थगित, अब १८ गते बस्ने
काठमाडौं – सोमबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।
सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो । बैठक स्थगित हुनुको कारण खुलाइएको छैन ।
यही १८ चैतमा बस्नेगरी बैठक स्थगित गरिएको छ ।
प्रधानमन्त्री परिषद्को अध्यक्ष रहने व्यवस्था छ भने प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ ।