यस्ता छन् मन्त्रीपरिषद् बैठकका १६ निर्णय (निर्णयसहित)


काठमाडौं — सरकारले राष्ट्रिय भूमि आयोग विघटन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय भूमि आयोग विघटन गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले गठन गरेको राष्ट्रिय भूमि आयोग गठबन्धन फेरिएसँगै सरकारले विघटन गरेको हो ।

उक्त मन्त्रिपरिषद् बैठकले विभिन्न १६ निर्णयहरु गरेका छन् । मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चार मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले डेडिकेटेड फिडर तथा ट्रक लाइनबाट विद्युत उपभोग गर्ने ग्राहकको विद्युत महसुलसम्बन्धी विवाद निरुपण गर्न रायसहित सरकारसमक्ष प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको म्याद १५ दिन अर्थात २०८० चैत २५ गतेसम्मका लागि थप गर्ने निर्णय पनि गरेको पनि जनाइन् ।

प्रतिक्रिया