२१ वर्षमा शाखा अधिकृतको सम्पत्ति करिब सात करोड !


काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत याम कुमार कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पदीय मर्यादा विपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

कार्कीविरुद्ध तीन करोड २१ लाख ३२ हजार ९५६ रुपैयाँ बिगो कायम गरी आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको  प्रवक्ता घिमिरेले जानकारी दिए ।

उनका अनुसार कार्की सार्वजनिक सेवा प्रवेश गरेको अवधि (२०५८/०४/१६-२०७९/१२/३०)सम्मको आय-व्ययको विश्लेषण गर्दा कुल आम्दानी तीन करोड ७७ लाख १३ हजार ६४६ रुपैयाँ रहेकोमा कुल ६ करोड ९८ लाख ४६ हजार ६०३ खर्च तथा लगानी गरेको देखिएको छ । त्यसमध्ये तीन करोड २१ लाख ३२ हजार ९५६ रुपैंयाको वैधानिक स्रोत नखुलेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया