प्रहरी हवल्दार नै लुटपाटको आरोपमा पक्राउ


काठमाडौं – लुटपाट गरेको आरोपमा एक प्रहरी पक्राउ परेका छन् । प्रहरी वृत्त बानेश्वरमा कार्यरत हवल्दार चक्र बहादुर शाही बुधबार पक्राउ परेका हुन्।

शाहीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

शाही प्रहरी वृत्त बानेश्वरका डिएसपी शिवराज बुढाथोकीको घुमुवाका रुपमा कार्यरत थिए।

डलर लुटपाट गर्ने समूहसँग मिलेर उनले ४ लाख रुपैयाँ लुटेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ। हवल्दार शाहीको कोठाबाट पैसासमेत बरामद भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले हवल्दार शाही विरुद्ध चोरी मुद्दामा अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया