


इन्जिन नै काम नलाग्ने सरकारको गियर परिवर्तनले केही काम गर्दैन : सांसद खतिवडा

काठमाडाैं- प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले सरकारको इन्जिन नै काम नलाग्ने भइसकेकाे बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै खतिवडाले सरकारले गियर परिवर्तन गरे पनि केही काम नगर्ने बताए । ‘केही दिनअघि प्रधानमन्त्रीज्यूले संसदमा बोलेको सुनेँ । सरकारको गियर परिवर्तन गर्नुपर्यो भन्नुभयो । एक्सिलेटर नै बिग्रिएको र इन्जिन नै काम नलाग्ने सरकारको गियर परिवर्तनले केही काम गर्दैन भन्ने आभाष हामीलाई भएको छ,’ उनले भने ।
सांसद खतिवडाले ७५३ वटै स्थानीय तहमा अस्पताल निर्माण गर्न बजेटको व्यवस्था गर्न मागसमेत गरेका छन् ।

