
गृहमन्त्रीको अभिव्यक्ति प्रति कांग्रेसको आपत्ति, ‘प्रतिपक्षबिना ४ वर्ष सरकारमा बस्ने कल्पना ?’
काठमाडौं — नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि आगामी बैठकसम्म संसदीय छानबिन समिति गठन गर्न अल्टिमेटम दिएको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ईश्वरीदेवी न्यौपानेले गृहमन्त्रीले प्रतिपक्षले चार वर्ष सदन अवरुद्ध गरोस् हामी सरकार चलाइरहन्छौँ भनेकोप्रति आपत्ति जनाइन्।
उनले सरकारका गृहमन्त्रीलाई प्रतिपक्षीबिनाको सरकारको कल्पना र आशा गरिरहेको जनाउँदै संसद प्रतिपक्षीलाई होइन, सरकारलाई नचाहिएको बताइन् ।



कागजपत्र |
