पार्टी एकताको लागी ओली-दाहालले पून: छलफल गर्नुपर्छ : रघुजी पन्त


काठमाडौं – नेकपा प्रचण्ड-माधव समूहका नेता रघुजी पन्तले पार्टी एकता जोगाउन ओली दाहालले पून: छलफल गर्न पर्ने बताएका छन् ।

सोमबार प्रचण्ड माधव समूहको स्थायी कमिटी बैठकमा सहभागी भएर बाहिरिएका नेता पन्तले पत्रकारसँग पूर्व पार्टीमा नै जाने कि नजाने भन्ने विषयमा छलफल जारी नै रहेको बताए ।

पेरिसडाँडामा जारी स्थायी कमिटी बैठकको बीचमै निस्कनुभएका पन्तले अदालतको फैसलाबाट नयाँ परिस्थिति सिर्जना भएको बताउँदै सम्भव भएदेखि एकता जोगाएर अघि बढ्नुपर्ने धारणा राखेको जानकारी दिए ।

सर्वोच्चको फैसलालाई मान्नुपर्ने बाध्यता भए पनि यसलाई अलिक बढी राजनीतिक भएको धारणा स्थायी कमिटीका सदस्यहरूले राखेको पन्तले जानकारी गराए ।

 

प्रतिक्रिया