पूर्वसभामुख महरालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति


काठमाडौं– सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

सुन प्रकरणमा अनुसन्धानका लागि उनलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको प्रहरीले जनाएको छ ।

पक्राउ गरेपछि सिआइबीले महरालाई सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालत काठमाडौंमा उपस्थीत गराएको थियो । सरकारी वलिकको कार्यालयले ७ दिन म्यादको अनुमति माग गरेपनि अदालतले चार दिनको म्याद दिएको हो ।

प्रहरीले आज बिहान कपिलवस्तुबाट पूर्वसभामुख महरालाई नियन्त्रणमा लिइएको थियो । यसअघि सोही प्रकरणमा महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बयान लिइ कागज गरी छाडेको थियो ।

प्रतिक्रिया