शिशु चोरेको आरोपमा पक्राउ परेकी महिला धरौटीमा रिहा


काठमाडौं-  परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरेको आरोपमा पक्राउ परेकी महिला धरौटीमा रिहा भएकी छिन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले मानुकमारी सिंहलाई डेढ लाख रुपैयाँ धरौटीमा रिहाका लागि आदेश थिएको हो ।

दैलेखको महाबु गाउँपालिका–६ कि बच्चा चोरीको आरोपमा ११ फागुनमा पक्राउ परेकी थिइन् । उनीविरुद्ध अपहरण तथा शरीर बन्धकको कसुरमा मुद्दा दायर भएको थियो ।

फागुन ११ गते काभ्रेकी एक जना महिलाको २६ दिनको शिशु मानकुमारीले चोरी गरेर लगेको आरोप लागेको थियो ।

 

प्रतिक्रिया