‘घरबाटै एक घण्टामा श्रम स्वीकृति लिन मिल्ने बनाउँछु’


काठाडाैं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि एक घण्टामै श्रम स्वीकृति दिने तयारी गरिएको बताएका छन् । सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आगामी शुक्रबारबाट एक घण्टाभित्रै श्रम स्वीकृति दिने गरी तयारी सुरु भएको बताए ।

उनले एक महिना भित्रमा आफ्नै मोबाइलबाट एक घण्टामा श्रम स्वीकृति लिन सक्ने अवस्था बनाउने दाबी गरे । मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृति लिनका लागि दुःख पाएको भन्दै एक घण्टामा सबै प्रक्रिया पूरा हुने गरी व्यवस्था गर्नुपर्ने बताए ।

 

प्रतिक्रिया