गृहमन्त्री लामिछानेमाथि प्रहार गरेर सरकार ढाल्ने चलखेलमा कांग्रेस : एमाले


काठमाडौं – सत्ता साझेदार नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमाथि प्रहार गरेर वर्तमान सरकार ढाल्ने काममा लागेको आरोप लगाएका छन् ।

आइतबार संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई आक्रमण गरेपछि सरकार ढाल्न सकिन्छ भनेर अंक गणितका आधारमा प्रस्तुति देखाइरहेको आरोप लगाए ।

उनले कांग्रेसले २८ दिनभित्र सरकार ढाल्छौँ भन्ने अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै अनुसन्धानले दोषी ठहराएको खण्डमा दोषी कोहीलाई पनि उम्किन दिन नहुने बताए ।

प्रमुख सचेतक बर्तौलाले सुन तस्करीको प्रकरणका सन्दर्भमा सरकारले बनाएको आयोगले दिएको प्रतिवेदनको सम्पूर्ण कार्यान्वयन हुनुपर्ने बताए । उनले आयोगको प्रतिवेदन सांसदहरूलाई बुझाउन पनि सरकारसँग आग्रह गरे । प्रमुख सचेतक बर्तौलाले सुशासन, समृद्धि र सामाजिक न्याय सरकारको मुख्य कार्यभार भएको बताए ।

प्रतिक्रिया