सुन तस्करीसम्बन्धीको प्रतिवेदन प्रधानमन्त्रीलाई


काठमाडौं — सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुझेका छन् ।

गृहमन्त्री रवि लामिछानेले शुक्रबार बिहान शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रीलाई आयोगको प्रतिवेदन बुझाएका हुन् । यसअघि जाँचबुझ आयोगले विहीबार गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।

गृहमन्त्रीबाट प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरणमा मुछिएका जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए ।

गृहमन्त्री लामिछानेसँगै नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर पनि प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

प्रतिक्रिया