अमेरिकामा पनि टिकटकमाथि प्रतिबन्ध !


वासिङटन – अमेरिकामा टिकटक माथी प्रतिबन्ध लगाउनका लागि बाटो खुल्ला भएको छ ।

अमेरिकी संसदले बुधबार पारित गरेको एक विधेयकमा भएको ब्यवस्था अनुसार लोकप्रिय भिडियो एप टिकटकलाई राष्ट्रव्यापी प्रतिबन्ध लगाउन सक्ने बाटो खुल्ला गरेको हो ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार यदि टिकटकका चीनिया मालिकाले सो कम्पनिमा रहेको आफ्नो हिस्सेदारी बेचेनन् भने अमेरिकामा अब टिकटक प्रतिबन्ध हुने भएको छ ।

टिकटक प्रतिबन्धको पक्षमा रहेका सांसदहरू अनुसार सो कम्पनीको हालको स्वामित्व संरचना यस्तो छ कि त्यसले अमेरिकाको राष्ट्रिय सुरक्षा माथी खतरा देखिएको छ, जसकाकारण अमेरिका यसमा निकै चिन्तित रहेको छ ।

प्रतिक्रिया