तरुण दलका नेतालाई गोली हानेको आरोपमा ४ जना पक्राउ


सुर्खेत- तरुण दलका जिल्ला सदस्य विनोद गिरीलाई गोली हानेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर-१ कालागाउँ देउती थाननजिकै गएराति ९ बजेतिर भएको घटनामा गिरी चढेको गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

गोली हानेको आरोपमा पक्राउ गरिएका चारजनालाई आज दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने डीएसपी लक्ष्मण शाहीले नेपाल प्रेसलाई बताए ।

प्रहरीले घटनास्थलबाट कटुवा पेस्तोल, गोलीको खोका र १ थान मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया