

नेपाल ‘ए’ ले क्यानडाविरुद्ध फाइनल खेल्दै

काठमाडौं – क्यानडा र नेपाल ‘ए’ टीमबिचको ३ खेलको एकदिवसीय सिरिजको अन्तिम खेल आज हुँदै छ ।
उक्त खेल मुलपानी क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ ।
यो खेल सिरिजको निर्णायक खेल हो । १-१ को बराबरी रहेको सिरिजमा यो खेलको विजेताले सिरिज जित्नेछ ।
पहिलो खेलमा क्यानडासँग ४ विकेटले पराजित भएको नेपाल ‘ए’ टीमले दोस्रो खेलमा क्यानडालाई २ विकेटले पराजित गरेको थियो ।

