

सहमति विपरित सदन चलाउन खोजियो : सांसद रावल

काठमाडौं – नेकपा दाहाल नेपाल समूहका सांसद भीम रावलले पुनस्र्थापित प्रतिनधि सभाको पहिलो बैठक सहमति विपरित चलाउन खोजेको बताएका छन् ।
सभामुखले सहमति विपरित सदन चलाउन खोजेको भन्दै नेकपाको दाहाल–नेपाल समूहले प्रतिनधि सभाको बैठक बहिष्कार समेत गरेका हुन् । पुनस्र्थापित प्रतिनधि सभा बैठकको पहिलो बैठकमा राष्ट्रपतिबाट प्राप्त पत्र र अध्यादेशहरु पेश गर्ने कार्यसूची रहेकामा त्यसप्रति आपत्ति जनाए ।
सांसद रावलले बोलेलगत्तै सभामुखले बैठक सुचालु गर्न खोज्दा आपत्ति जनाउँदै पूर्वप्रधानमन्त्री एवं सांसदहरु पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनालसहितका सांसदहरु बाहिरिएका हुन् ।

