

संवैधानिक परिषदसम्बन्धी अध्यादेशको विरोधमा कांग्रेसद्वारा संसदमा नाराबाजी

काठमाडौं – सरकारले ल्याएको अध्यादेशहरु संसदमा पेश गर्न खोजेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाउँदै प्रतिनिधि सभामा नाराबाजी गरेको छ ।
सरकारले प्रतिनिधि सभा भंग गरी अध्यादेशबाट देश चलाउन खोजेको र सर्वोच्च अदालतले समेत प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भनिसकेकाले ति अध्यादेशहरु सदनमा पेश हुन नसक्ने जिकीर कांग्रेसले गरेको हो ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संवैधानिक परिषदसम्बन्धी सरकारले ल्याएको अध्यादेश संवैधानिक परिषदको मान्यताको प्रतिकुल रहेको भन्दै त्यसलाई फिर्ता लिन माग गरेका छन् ।
तर सभामुख अग्निप्रसाद सापकोटाले कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठलाई अध्यादेश पेश गर्न अनुमति दिएपछि कांग्रेसले रोष्टम घेराउ गरेर नाराबाजी सुरु गरेको हो ।

