
‘कुकुरलाई किन हानिस्’ भन्दै शिक्षकले कुट्दा विद्यार्थी घाइते
कैलाली- कैलालीको धनगढीमा शिक्षकले कुटपिट गर्दा एक विद्यार्थी घाइते भएका छन् ।
धनगढी उपमहानगरपालिका- १३ स्थित जनता माध्यमिक विद्यालयका शिक्षक नरेश भट्टको कुटपिटबाट सोही विद्यालयमा १० कक्षामा अध्ययनरत १६ वर्षीय प्रवीण राना घाइते भएका हुन् ।
बाटोमा हिँडिरहेका बेला शिक्षकले निर्घात कुटपिट गरेको घाइते प्रवीणकी दिदी सिमाना रानाले बताइन् । कुटपिटबाट घाइते प्रवीणलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको छ । उनको खुट्टा र छातीमा चोट लागेको छ ।
‘गएराति भाइ गाउँबाट घर आउँदै थियो । बाटोमा शिक्षक नरेश भट्ट सरको कुकुर टोक्न आएपछि भाइले कुकुरलाई ढुङ्गाले हान्यो । कुकुरलाई किन हानिस् भनेर सर र उनका भाइ चेतराज भट्ट मिलेर लट्ठीले भाइलाई कुटे’, सिमानाले भनिन् ।
शिक्षक भट्टले भने सामान्य विवाद भएको र उपचाररत खर्च आफूले बेहोर्ने सहमति भएको बताएका छन् र



कागजपत्र |
