७ दिनभित्र संसद्मा आएर प्रष्टीकरण दिन मन्त्रीहरूलाई निर्देशन


काठमाडाैं- सभामुख देवराज घिमिरेले शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ ७ दिनभित्र दिन मन्त्रीहरूलाई ध्यानाकर्षण गराएका छन् ।

सांसदहरूले शून्य, आकस्मिक र विशेष समयमा उठाएका विषय सम्बोधन नभएपछि आइतबार सभामुख घिमिरेले मन्त्रीहरूलाई ध्यानाकर्षण गराएका हुन् ।

‘माननीयज्यूहरूले उठाउनु भएका विषयका सम्बन्धमा सम्बन्धित मन्त्रीले सात दिनभित्र सदनमा जवाफ दिनुपर्ने व्यवस्था प्रतिनिधिसभा नियमावली-२०७९ को नियम १५ मा रहेकोतर्फ सरकारको ध्यानाकर्षण गर्न चाहन्छु,’ सभामुख घिमिरेले भने ।

प्रतिक्रिया