अब कर्णाली र सुदूरपश्चिममा पनि आफ्नै सवारी साधनले ट्रायल दिन पाउने


काठमाडौँ – सवारी चालक अनुमति पत्र ९लाइसेन्स०को प्रयोगात्मक परीक्षा ९ट्रायल०मा आफ्नै सवारी साधनले ट्रायल दिन पाउने व्यवस्था विभिन्न प्रदेशमा लागू भएको छ । पछिल्लो समय कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशले यो व्यवस्था लागू गरेका हुन् ।

राष्ट्रिय सतर्कता केन्द्रले सातै वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र लेख्दै ट्रायल दिने परीक्षार्थीलाई स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन निर्देशन दिएसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशले पनि यो व्यवस्था लागू गरेका हुन् ।

कर्णाली प्रदेशस्थित यातायात व्यवस्था कार्यालय वीरेन्द्रनगर सुर्खेतले सूचना निकालेर सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा स्थलमा चालकलाई आफ्नो सवारी साधन प्रयोग गर्ने वा परीक्षा केन्द्रमै भएको सवारी साधन प्रयोग गर्ने व्यवस्था मिलाउन भनेको छ ।

प्रतिक्रिया