
संसद सचिवालयद्वारा प्रचण्ड-माधव समूहको सूचना दर्ता अस्वीकार, लिखित कारण देखाउन माग
काठमाडौं – नेकपाको प्रचण्ड-माधव समूहले दिएको संसदीय दलको नेता परिवर्तनको सूचना दर्ता गर्न संसद सचिवालयले अस्वीकार गरेको छ ।
सचिवालयका महासचिव भरतराज गौतमले दर्ता नगर्ने अडान राखेपछि उक्त समूहका सांसदहरु पम्फा भुसाललगायतले दर्ता नगर्नुको कारण लेखेर दिन माग गरेका छन् ।
प्रचण्ड माधव समूहले गत शुक्रबार ११५ जना सांसदको उपस्थितिमा बैठक गरी केही दिनअघि संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको दावी गरेको थियो ।
आज केही बेर अघि उक्त बैठकको सूचना दिन नेताहरु प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनालसहितका नेताहरु संसद सचिवालयका महासचिव गौतमको कार्यकक्षमा पुगेका थ्रिए ।



कागजपत्र |
