नेपाललाई तेस्रो सफलता


काठमाडौं : नेदरल्यान्ड्सविरुद्ध नेपालले तेस्रो सफलता हात पारेको छ । १६ औँ ओभरमा नेपालले तेस्रो विकेट लिन सफल भएको हो ।

२३ रन बनाएका साइब्रान्ड एन्जलब्रच्टलाई ललित राजवंशीले शिकार बनाएका हुन् । यसअघि छैटौँ ओभरमा म्याक्स ओ डाउड १० रन बनाएर रन आउट भएका थिए । त्यस्तै तेस्रो बलमा सोमपाल कामीले शून्य रन बनाएका माइकल लेभिटलाई क्याच आउट गराएका थिए ।

आजको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया