

आगामी आर्थिक वर्षका लागि १८ खर्बको बजेट सिलिङ

काठमाडाैं- सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सिलिङ तोकेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब रुपैयाँबराबरको बजेट सिलिङ तोकिएको जानकारी दिए ।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले आगामी आर्थिक वर्षका लागि १८ खर्बको बजेट सिलिङ दिएको जानकारी दिए ।
मन्त्री महतले चालु आर्थिक वर्षको बजेट कटौती नभएको पनि बताए । संसदले पारित गरेको बजेट अर्थ मन्त्रालय एक्लैले कटौटी गर्न नसक्ने उनको भनाइ थियो ।
‘अर्धवार्षिक समीक्षामा कति खर्च भयो? अब लक्ष्य कति गर्न सकिन्छ भन्ने कुरा मात्रै समीक्षामा भएको हो,’ उनले भने, ‘तर बजेट कटौती भने भएको छैन।’

