

जनक शिक्षाले माग्यो विभिन्न पदमा कर्मचारी

काठमाडौँ – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
केन्द्रले आज एक सूचना जारी गर्दै रिक्त रहेका पदहरूमा आन्तरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।
इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले केन्द्रको वेबसाइटमार्फत फाराम डाउनलोड गरेर आवश्यक विवरण गरी केन्द्रको कार्यालयमा आवेदन पेश गर्न सक्नेछन् ।
आवेदन फागुन २४ भित्र बुझाउनुपर्ने केन्द्रले जनाएको छ ।

