धरानमा कसैले भ्रष्टाचार गरेको भेटे लाइभ गरेर लात्ताले दिइहाल्छु : हर्क साम्पाङ


काठमाडौं-   नगर प्रमुख  हर्क साम्पाङले धरान उपमहानगरपालिकामा भ्रष्टाचार नरहेको बताएका छन् । एक कार्यक्रममा अन्तर्वार्ता दिँदै उनले धरानमा भ्रष्टाचार नरहेको र भ्रष्टाचार गरेको भेटेँ भने ‘लात्ताले भेट्छस्’ भनेर  चेतावनी दिएको बताए ।

‘धरानमा छैन, त्यस्तो गरे लात्ता भेट्छस् भनेको छु मैले । मैले थाहा पाएँ भने लात्ता भेट्छस् भनेको छु । लात्ताले दिइहाल्छु्, लाइभ गरेर,’ उनले भने।

आफूले धरानलाई नम्बर वान स्थानीय तह बनाएको उनको दाबी छ । धरानलाई हेर्न दार्जिलिङ, सिक्किम लगायतका स्थानबाट मानिसहरु आउने गरेको उनले बताए ।

प्रतिक्रिया