
क्यानडाविरुद्ध नेपाललाई दोस्रो सफलता
काठमाडौं – क्यानडाविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय ओडिआई खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ ।
६५ रनको शानदार पारि खेलेको क्यानडाका ओपनर अरुण जोनसोनलाई कुशल मल्लको बलिङमा रन आउट गराएपछि नेपालले दोस्रो सफलता हात पारेको हो ।
यसअघि नेपालबाट डेब्यु गरेका आकाश चन्दले पहिलो सफलता दिलाएका थिए ।
क्यानडाका नवनितले ६० बलमा ४६ रन बनाएर पेभेलियन फर्के । २३ ओभरको खेल सकिँदा क्यानडाले २ विकेट गुमाउँदै १२८ रन बनाएर खेलिरहेको छ ।



कागजपत्र |
