
सुन तस्करी छानबिन समितिमा महराले दिए बयान
काठमाडाैं- सुन तस्करीसम्बन्धी उच्चस्तरीय छानबिन समितिले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिएको छ । सिंहदरबारस्थित समितिको कार्यालयमा महराको बयान भएको हो ।
महरा भेपमा सुन लुकाएर सुन तस्करी गरेको प्रकरणमा मुछिएका थिए । तर, उनीविरुद्ध मुद्दा भने चलाइएको छैन । तर, महराका छोरा राहुल महराविरुद्ध मुद्दा जिल्ला अदालतमा विचाराधीन छ । उनी पुर्पक्षका लागि अहिले जेलमा छन् ।



कागजपत्र |
