
क्यानडालाई २२५ रनको लक्ष्य
काठमाडौं – कीर्तिपुरमा जारी एकदिवसीय खेलमा नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कुशल भुर्तेलको अर्धशतकका मद्दतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २२४ रन बनाउँदै उक्त लक्ष्य प्रस्तुत गरेको हो ।
नेपालका लागि आरिफ शेखले ३८ रन बनाए भने सोमपाल कामीले २७ रन बनाउँदा कुशल मल्लले २० रन बनाए । त्यस्तै नेपालका लागि भिम सार्कीले १७ रन बनाउँदा पवन सर्राफ १५ रनमा आउट भए ।
त्यस्नै नेपाली टिमका कमप्तान रोहित पौडेल र आशिफ शेख ८/८ रनमा आउट भए ।
नेपालका डेब्यू गरेका सूर्य तामाङले १० रन बनाउँदा अर्का डेब्यूम्यान रिजन ढकालले ४ रन बनाए ।
नेपालले अन्तिम ओभरको अन्तिम बलमा ललित राजवंशीलाई १ रनमा रनआउटका रुपमा गुमाएको थियो ।
क्यानाडाका उदय भगवानले ३ विकेट लिए भने साद बिन जाफर र इशजोत सोहीले २/२ विकेट लिए । त्यस्तै शहिद अहद्जाई र हर्ष थाकरले १/१ विकेट लिए ।



कागजपत्र |
