
ललिता निवासभन्दा ठूलो मानिएको टीकापुर जग्गा घोटालामा अख्तियारले मुद्दा चलाउने
काठमाडौं- ललिता निवासभन्दा ठूलो मानिएको कैलालीको टीकापुर जग्गा घोटाला प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा चलाउने निर्णय गरेको छ ।
बिहीबार बसेको अख्तियारको बैठकले टीकापुरस्थित ३० बिघा सरकारी जग्गा घोटाला प्रकरणमा विशेष अदालतमा मुद्दा लैजाने निर्णय गरेको हो ।
टीकापुरको जग्गा घोटाला प्रकरणमा २ सयभन्दा धेरैजनालाई प्रतिवादी बनाउने निर्णय भएको बताइएको छ । उक्त जग्गा घोटाला प्रकरणको फाइल बिहीबार नै विशेष अदालतमा पठाइसकिएको छ ।
टीकापुर बजार क्षेत्र वरिपरिको करिब ३० बिघा सरकारी जग्गा टीकापुर विकास समितिका पदाधिकारीको नाममा दलका कर्यकर्ता र उनीहरूका आफन्तलाई वितरण गरिएको थियो।
यसबारेमा अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।



कागजपत्र |
