
भक्तपुरमा किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ
भक्तपुर- भक्तपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका–५ छालिङ बस्ने २४ वर्षीय सुबेन्द्र लिगललाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
लिगलले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कागजपत्र |
