प्रचण्ड–नेपालको निर्देशनमा रावलले ५ सांसदलाई बन्दी बनाएको आरोप, नगेन्द्र चौकबाट पाटन पुर्‍याइयो!


काठमाडौं– आफ्नो समूह छाडेर प्रधानमन्त्री केपी शर्मा ओली तथा जनताको बहुदलीय जनवादतिर खुल्न थालेका ५ जना प्रतिनिधि सभा सांसदलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको निर्देशनमा सांसद झपट रावलसहितको समूहले बन्दी बनाएको आरोप लागेको छ।

पहिला आफ्नै समूहमा रहेका तर पछिल्ला दिनमा ओलीतिर खुल्न थालेपछि जीवराज आश्रित पत्नी माया ज्ञवाली, गंगा चौधरी, बिना बुढाथोकीलगायतका सांसदलाई रावलको समूहले बन्दी बनाएको बताइएको हो।

उक्त समूहले शुक्रबार उनीहरूलाई आफ्नो पक्षमा खुल्न जबरजस्ती हस्ताक्षर गराउन नगेन्द्र चौकमा राखेको तथ्य खुल्न आएपछि अहिले पाटनस्थित होटलमा राखिएको बताइएको छ।

नेता नेपाल आफैं पनि उनीहरूलाई राखिएको ठाउँमा पुगी आफ्नो समूहमा खुल्न प्रलोभन दिने, ओली सत्ता ढलेपछि नियुक्ति र राज्यमन्त्रीको पदसम्म दिने प्रस्ताव राखेको स्रोतले जनाएको छ।

प्रतिक्रिया