होटल स्क्वायरका प्रबन्ध निर्देशक रोमी अर्याल पक्राउ


काठमाडौं- स्विमिङ पुलमा पौडी खेल्दा ग्राहकलाई करेन्ट लागेको घटनामा ललितपुरको होटल स्क्वायरका प्रबन्ध निर्देशक रोमी अर्याल पक्राउ परेकी छन् । सोमबार उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले बताए ।

यसअघि होटलकी अर्की सञ्चालिका ललिता भण्डारी देवकोटाले माघ ७ मा प्रहरीमा आत्मसमर्पण गरेकी थिइन् ।

गत भदौ १५ गते जावलाखेलका ४१ वर्षीय सजिलमान शाक्य स्क्वायर होटलमा स्वीमिङ गर्न जाँदा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । शाक्यले स्वीमिङ पुल छेउको स्पट लाइटमा छुँदा करेन्ट लागेको थियो ।

परिवारले होटलका दुई जना सञ्चालकविरूद्ध जाहेरी दिएका थिए ।

प्रतिक्रिया