रसिया-युक्रेन युद्ध रोक्न माग गर्दै बालुवाटारमा प्रदर्शन


काठमाडाैं – मानव अधिकार तथा शान्ति सेवा समाजले प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेको छ ।

नेपालीलाई रूसी सेनामा भर्ती हुन र युद्धमा जान रोक्न माग गर्दै शान्ति सेवा समाजले सोमबार बिहान बालुवाटारअगाडि प्रदर्शन गरेको हो ।

उनीहरूले रूस-युक्रेन युद्ध रोक्नसमेत माग गरेका छन् । ‘युक्रेनमाथिको आक्रमण बन्द गर, युद्धको कहालीलाग्दो अवस्था अन्त्य गर्’ लगायत लेखिएका ब्यानर प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया