

माओवादी केन्द्र संसदीय दलको बैठक जारी

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलको बैठक दल कार्यालय सिंहदरबारमा बिहान ८ः३० बजेदेखि बसिरहेको छ।
आजदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनको तयारीका लागि माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको जनाइएको छ ।

