
आफैंले बोकेको बन्दुकबाट गोली लागेर शान्ति सेनामा तैनाथ नेपालीको मृत्यु
काठमाडौं- संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि लेबनानमा तैनाथ पुरानो गोरख गण (शान्ति सेना) ६४औँ डफ्फामा कार्यरत सिपाही सुवास थापाको मृत्यु भएको छ ।
दोलखा निवासी थापा उक्त गण हडक्र्वाटरको बङ्करमा ड्युटीमा रहँदा माघ १८ गते आफैंले बोकेको हतियारबाट गोली लागि घाइते फेला परेका थिए । उनको उपचारका क्रममा मृत्यु भएको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
उनको शव स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको नेपाली सेनाका सूचना अधिकारी सहायक रथि कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।



कागजपत्र |
