अपराध गर्नेहरूलाई कारबाही गर्न खोज्दा हस्तक्षेप भइरहेको छ : गृहमन्त्री श्रेष्ठ


कास्की–  गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्यलाई ठग्नेहरूलाई कारबाही गर्न खोज्दा राजनीतिक दबाब आउने गरेको बताएका छन् ।

गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले अपराध गर्नेहरूलाई कारबाही गर्न खोज्दा निरन्तर हस्तक्षेप भइरहेको बताए । कुनै अपराध, ठगी, जालसाजीमा राजनीतिमा जोडिएको मान्छे पर्‍याे भने राजनीतिक पार्टीका नेताहरू कराउन थाल्ने उनले बताए ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोपमा व्यापारी अरुण चौधरी, कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र आम्रपाली कन्ट्रक्शनका सञ्जय ठाकुरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हिजो पक्राउ गरेको थियो ।

प्रतिक्रिया