

आईसीसीले किन गर्यो अर्जुन कुमाललाई कारबाही ?

काठमाडाैं- नेपाली यू-१९ टिमका ओपनिङ ब्याटर अर्जुनलाई आईसीसीको आचारसंहिता उल्लंघन गरेको आरोपमा कारबाही गरिएको छ । जनवरी ३१ मा दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकपमा बंगलादेशविरुद्धकाे खेलमा आईसीसीको आचारसंहिता उल्लंघन गरेको भन्दै अर्जुनलाई कारबाही गरिएको हो ।
अर्जुनले रन लिनेक्रममा बंगलादेशका मरुफ मृधालाई क्रिजमा धक्का दिँदै रन जोडेका थिए । मृधालाई धक्का दिएको कारण एकै पटक तीन डेमेरिट प्वाइन्ट पाएका छन् ।
अर्जुनले आइसीसीको आचार संहिता-२ अनुसार गल्ती गरेपछि १ निलम्बन (सस्पेन्सन) प्वाइन्ट पाउनुको साथै एकै पटक तीन डिमिरेट प्वाइन्ट पाएका हुन् । उनको तीन डेमेरिट प्वाइन्ट आगामी २४ महिनासम्म लागु हुनेछ ।

