सुदूरपश्चिमका मुख्यमन्त्रीले ‘मलामी’ गएको भन्दै लिए ३५ हजार


काठमाडौं– सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो कार्यकालको झण्डै आधा समय राजधानीमा बसेर बिताएको भन्दै आलोचित बनिरहेका छन् । उनले मुख्यमन्त्रीको सपथ लिएको दिनदेखि हालसम्म ९ महिना २६ दिनको विवरण हेर्दा उनले झण्डै आधा समय काठमाडौंमा बिताएका हुन् ।

कमल बहादुर शाह २०७९ सालको माघ २७ गते सुदूरपश्चिमका मुख्यमन्त्री भए। त्यो दिनदेखि हालसम्म उनी ११६ दिन काठमाण्डौं बसेका हुन्। मुख्यमन्त्री तथा मन्त्री परिषदकै कार्यालयले दिएको तथ्यांक अनुसार २०८० मंसिर २१ गतेसम्म उनको कार्यकाल २९४ दिन हुन आउँछ । त्योमध्ये उनी ११६ दिन राजधानीमा बसेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले दिएको सूचना अनुसार मुख्यन्त्री शाहको २२ वटा संघीय राजधानी भ्रमणमा कूल ५ लाख ५६ हजार ८२६ रुपैयाँ खर्च भएको छ । यतिसम्मकी उनले प्रधानमन्त्री पुुष्पकमल दाहालको पत्नीको श्रद्धाञ्जली सभामा सहभागी भएको भनेरसमेत खर्च लिएका छन् । त्यसका लागि साउन १ गतेदेखि ८ गतेसम्म राजधानी बसेको भन्दै उनले ३५ हजार ५२५ रकम बुझेका छन् ।

प्रतिक्रिया