
कर्णालीमा हवाई उडान सेवा प्रभावित
काठमाडाैं- हिमपात र वर्षाले कर्णालीका हिमाली जिल्लामा हवाई उडान प्रभावित भएको छ । गए रातिदेखि मुगु, हुम्ला, जुम्ला, र डोल्पामा वर्षासँगै हिमपात सुरु भएपछि हवाई सेवा प्रभावित बनेको हो ।
उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात र वर्षा हुन थालेपछि उडान ठप्प भएको छ । नेपालगन्जदेखि तारा, सीता, समिट एयरलाइन्सले कर्णालीका हिमाली जिल्लामा नियमित उडान गर्दै आएका थिए ।
हिमपात र वर्षाले नेपालगन्जदेखि हुने हवाई उडान नभएको नागरिक उड्डयन प्राधिकरण, राराका प्रमुख सन्तोष गौतमले बताए ।



कागजपत्र |
