


पेट्रोलियम पदार्थको मूल्य वृद्धि, कति पुग्यो त पेट्रोलको मूल्य ?

काठमाडौं – सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेलमा २ रुपैयाँ र एलपी ग्यासमा १५ रुपैयाँ मूल्य वृद्धि गरिएको छ । यससँगै पेट्रोलको मूल्य १७० रूपैयाँ प्रतिलिटर पुगेको छ ।
बुधवार बसेको निगम सञ्चालक समितिको निर्णयअनुसार यो मूल्य माघ १८ गते बिहान १ बजेदेखि लागू हुने जनाइएको छ ।

