भक्तपुरमा रोकिराखेको गाडीमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते


भक्तपुर- भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिजो(मंगलबार) राति पौने १० बजे मध्यपुर ठिमी नगरपालिका–४ चारदोबाटो आकाशे पुल नजिकै मोटरसाइकल दुर्घटनामा परेको हो ।

बागमती ५ ख २५१ नम्बर को निशान गाडीमा प्रदेश नं ३ –०२–००९ प ७००७ नं को मोटरसाइकल अनियन्त्रित भई ठोक्किएको हो । दुर्घटना हुँदा सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २४ वर्षीय समन भुजेल र २० वर्षीया सोफिया ठकुरी घाइते भएका थिए ।

भुजेलको उपचारका क्रममा मध्यपुर ठिमी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए । मोटरसाइकल पछाडि सवार ठकुरीको भक्तपुर इन्टरनेशनल अस्पताल ठिमीमा उपचार भइरहेको छ।

 

प्रतिक्रिया