यो वर्ष शहीद दिवसमा सार्वजनिक बिदा नदिइने


काठमाडौं- सरकारले यो वर्ष शहीद दिवसमा सार्वजनिक बिदा नदिने निर्णय गरेको छ ।

माघ  १६ मा पर्ने शहीद दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाउने तर सार्वजनिक बिदा भने नदिने निर्णय भएको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिए ।

उनका अनुसार सबै सरकारी कार्यालय खुल्नेछन् ।

प्रतिक्रिया