


भारतमा ट्याङ्करको ठक्करबाट नेपाली महिलाको मृत्यु

काठमाडौं– भारतमा ट्याङ्करको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ । कैलालीको लम्की चुहा नगरपालीका–२ की जानकी बिकको ठक्करबाट मृत्यु भएको हो ।
उनी रोजगारको सिलसिलामा भारतको बेंगलोरमा काम गर्दै आएका थिइन् । बुधवार काम गर्न जाने क्रममा बिच सडकमा पानी बोकेको ट्याङ्करले उनलाई ठक्कर दिएको हो ।
ट्याङ्करले ठक्कर दिँदा जानकीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टम गरेर कैलाली ल्याइएको छ ।

