राष्ट्रिय सभा निर्वाचन आज: छानिँदै १९ सांसद, मतदान बिहान ९ देखि दिउँसो ३ बजेसम्म


काठमाडौं – राष्ट्रिय सभा सदस्य निर्वाचन बिहीबार हुँदैछ। मतदान बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुनेछ ।

फागुन २० गतेदेखि रिक्त हुन लागेका २० मध्ये १९ पदमा निर्वाचन हुन लागेको हो । त्यसका लागि आठ दलका ५१ उम्मेदवार चुनावी मैदानमा छन्।

राष्ट्रिय सभा सदस्य चुन्न प्रदेश सभाका सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, र गाउँपालिका अध्यक्ष–उपाध्यक्ष मतदाता हुनेछन्।

निर्वाचन आयोगका अनुसार देशभर दुई हजार ४७ मतदाता छन् । कोशीमा ३६७, मधेशमा ३७४, बागमतीमा ३४७, गण्डकीमा २३०, लुम्बिनीमा ३०५, कर्णालीमा १९६, सुदूरपश्चिममा २२८ मतदाता रहेको आयोगले जनाएको छ।

निर्वाचनका लागि सातै प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र स्थापना गरिएको छ ।

प्रतिक्रिया