नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित


काठमाडौं – आईसीसी यू–१९ विश्वकपमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित भएको छ ।

विश्वकपको दोस्रो खेलमा नेपालले दिएको १९८ रनको लक्ष्य पाकिस्तानले ४७.४ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट बनाउँदै १९७ रन बनाएको थियो ।

१९८ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानका अवान अविसले ६३ रन बनाएका थिए ।  त्यस्तै ओपनर श्यामल हुसेन र शाहजैब खानले ३७/३७ रन बनाएका थिए । उत्कृष्ट सुरुवात गरेको पाकिस्तानले पहिलो विकेट ८० रन बनाउँदा गुमाएको थियो भने लगत्तै ८१ रन बनाउँदा दोस्रो विकेट गुमाएको थियो । पाकिस्तानका अहमद हसन २९ रनमा आउट भए ।

नेपालका लागि पहिलो ३ विकेट आकाश चन्दले लिएका थिए । भने अन्य दुई विकेट आकाश त्रिपाठी र दिपेश कँडेलले लिएका थिए ।

नेपालका लागि विपीन रावलले सर्वाधिक ३९ रन बनाएका थिए ।

 

 

 

प्रतिक्रिया