नेकपा एकीकृत समाजवादीको आम्दानी करिब ८ करोड रूपैयाँ


काठमाडाैं- नेकपा एकीकृत समाजवादीको गत आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ।

लेखा परीक्षणअनुसार पार्टीको आम्दानी गत आर्थिक वर्षमा आठ करोड चार लाख ५६ हजार सात सय नौ रूपैयाँ छ।

पार्टीको सदस्यता, लेबी, प्रकाशन बिक्रीबाट प्राप्त रकम र सहयोग रकम पार्टीको मुख्य आम्दानी स्रोतका रूपमा रहेको पार्टीले जनाएको छ।

सोही अवधिमा पार्टीको दैनिक गतिविधि सञ्चालन गर्ने क्रममा सात करोड ८२ लाख ६८ हजार आठ सय ११ खर्च रूपैयाँ भएको प्रतिवेदनमा उल्लेख छ।

पार्टी केन्द्रीय कार्यालयका लेखा प्रमुख खेमराज पौडेलका अनुसार २१ लाख ८७ हजार आठ सय ९८ रूपैयाँ बचत भएको छ।

चालु आर्थिक वर्षको र अघिल्लो वर्षको बचत मौज्दातसहित पार्टीमा हाल एक करोड ३२ लाख ४८ हजार सात सय ५६ रूपैयाँ बचत मौज्दात रहेको प्रतिवेदनमा जनाइएको छ।

पार्टीको चालु आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनमा गत आमनिर्वाचनको खर्चसमेत समेटिएको लेखा प्रमुख पौडेलले जानकारी दिए।

प्रतिक्रिया