

सम्झौता विपरित इजरायलको आक्रमण जारी, पछिल्लो हमलामा २५ जनाको मृत्यु

काठमाडौं – गाजामा मानवीय सहायता सामाग्री आपूर्ति गर्र्ने सम्झौता भएकै भोलिपल्ट इजरायलले गरेको आक्रमणमा परि २५ जनाको मृत्यु भएको छ ।
इजरायल र हमासबीच औषधी लगायतका अत्यावश्यकीय सामाग्रीमा अवरोध नगर्ने सम्झौता भएको थियो ।
इजरायलले गाजा सहरमा गरेको हवाई आक्रमणमा कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु भएको समाचार संस्था सिन्हवाले जनाएको छ । इजरायली बम विस्फोटले बनाएको भग्नावशेषबाट २५ जनाको शव निकालिएको बताइएको छ ।
विष्फोटबाट थप दर्जनौँ घाइते भएका छन् । पछिल्लो २४ घण्टामा इजरायलको हमलाबाट गाजामा १ सय ६३ प्यालेस्टाइनीको मृत्यु भएको छ ।
३ सय ५० जना घाइते भएका छन् । युद्द सुरु भएयता, इजरायलको आक्रमणबाट २४ हजार ४ सय ४८ प्यालेस्टेनी नागरिकले ज्यान गुमाएका छन् । ६१ हजार ५ सय ४ जना घाइते भएका छन् ।

